खादा प्रयोगको गलत प्रचार नगर्न बौद्धमार्गी समुदायको ध्यानाकर्षण

फागुन २७, काठमाडौ — बौद्धमार्गी समुदायले खादा (जन्म, विवाह, मृत्यु लगायत सम्पूर्ण धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधि तथा कार्यक्रममा प्रयोग गरिने पवित्र पुष्प (वस्त्र) ) बारे गलत प्रचार नगर्न माग गरेका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन्


नेपालको पूर्वमन्त्री तथा वर्तमान व्यवस्थापिका संसदका माननीय खगराज अधिकारीले छिमेकी राष्ट्रसँगको सम्बन्धमा आँच ल्याउने प्रतिकको रुपमा खादा प्रयोग भएकोले बहिस्कार तथा प्रतिबन्ध लगाउनु पर्ने सार्वजनिक अभिव्यक्ति प्रति बौद्धमागी आपत्ति जनाएका छन् ।
जिम्मेवार जनप्रतिनिधिले खादाबारे अनावश्यक विवाद खडा गरेर खादा प्रयोग गर्ने समुदायको संस्कृति, परम्पराप्रति आँच नर्पुयाउनसमेत आग्रह गरेका छन् । अधिकारीलाई व्यवस्थापिका संसद पदबाट तत्काल निलम्बन गरी सामाजिक विद्वेष फैलाएको सम्बन्धमा र त्यसले र्पुयाएको असरबारे छानविन तथा कारबाही गरिनु पर्ने बिज्ञप्तिमा उल्लेख छ ।

नेपाल बौद्ध महासंघ, नेपाल शेर्पा संघ, नेपाल तामाङ घेदुङ, तमु ह्युल छोंजधि गुरुङ राष्ट्रिय परिषद, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति महिला महासंघ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र शेर्पा महिला संघले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।