फागुन २५ गते तपाईको आज— राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि अरुको लागि समय खर्च हुनेछ । अध्ययनमा रुचि घट्नेछ । सम्बन्धमा सोचे जस्तो निकट हुनलाई गाह्रो हुनेछ ।

वृष राशिको लागि सम्बन्धमा सुधार हुँदै जानेछ । मित्र मिलनको अवसर प्राप्त हुनेछ । भोजभतेरमा सरिक भैनेछ । सम्बन्धहरु प्रगाण बन्दै जानेछन् ।

मिथुन राशिको लागि भाग्यले साथ दिनेछ । भोजभतेरमा सहभागी भैएला । वैदेशिक क्षेत्रबाट सहयोग मिल्नेछ । अध्ययनमा राम्रो प्रगती हुनेछ ।
कर्कट राशिका लागि ईज्जत प्रतिष्ठामा दान लाग्न सक्छ । काममा झमेला आउँला नैराश्यता बढ्दै जानेछ ।

सिंह राशिका लागि सम्बन्धमा दुरी बढ्नेछ । आटेको काममा समस्या आउँनेछ । व्यापारका घाटा होला । स्वास्थ्यमा समस्या बढ्दै जानेछ ।

कन्या राशिका लागि धार्मिक काम र परोपकारमा समय बित्नेछ । नयाँ काम प्राप्त हुनसक्छ । पारिवारिक भेटघाटले मन खुशी हुनेछ ।

तुला राशिका लागि उपहार प्राप्त हुनेछ । धन प्राप्तिको अवसर जुट्नेछ । प्रिय व्यक्तिसँग मिलन भएर मन प्रशन्न होला ।

वृश्चिक राशिका लागि जग्गा जमिन बिक्रिको काम हुनेछ । सामाजिक सद्भावमा समस्या आउँनेछ । अनावश्यक कुराले मन भयभित हुनेछ ।

धनु राशिका लागि मान प्रतिष्ठामा हानी होला । दाम्पत्य जीवनमा दुरी बढ्दै जानेछ । स्वास्थ्यमा समस्या बढ्दै जानेछ

मकर राशिका लागि राजनितिक सहयोगले आटेको काम बन्नेछ । पदउन्नतिको अवसर मिल्नेछ । सामाजिक काममा सहभागि भैएला ।

कुम्भ राशिका लागि सामान्य चोटपटकको सम्भावना देखिन्छ । भाग्यले साथ नदिने हुदा बढि परिश्रम गर्दा मात्र सफल भैनेछ ।

मीन राशिका लागि मान प्रतिष्ठामा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा खुशी मिल्नेछ । रमाईलो यात्रा हुनेछ ।

यसदिनमा बिहान ९ देखि १०.३० बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।