निर्मला हत्या प्रकरण –६ प्रहरी हिरासतमा

फागुन २३, काठमाडौ –बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा ६ जना प्रहरी कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायरसँगै अदालतमा उपस्थित भएका प्रहरी हिरासतमा राखिएको छ ।
यातना र प्रमाण मेटाउने आरोप लागेका तत्कालीन एसपी डिल्लीराज बिष्ट र निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएनन्। यातना दिएको आरोपमा बिष्टसँगै निलम्बित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकिन्द्र खड्काविरुद्ध मुद्दा दर्ता भएको थियो ।