खाना पकाउने ग्यासको अभाव छैन — नेपाल आयल निगम

फागुन २१ काठमाडौ — उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीहरुले बताएका छन् । ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन् ।
कमिसन वृद्धिलगायत १० बुँदे माग रोखर ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोगेक्ट डेलीभरी अर्डर–पिडिओ) नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थालेपछि उद्योगी र निगमले यस्तो आग्रह गरेका हुन् ।