भारत र पाकिस्तानबीचको तनावप्रति राष्ट्रपतिद्धारा चिन्ता व्यक्त

फागुन १७, काठमाडौ –राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेकी छन् । शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि हाम्रो सनातन चिन्तनको सम्मान गरेर अघि बढन सबैलाई आह्वान गरिन् ।  तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरुको सहभागिता रहेको छ ।