मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको आज संसदीय सुनुवाई हुँदै

फागुन १४, काठमाडौ — मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको संसदीय सुनुवाई आज हुँदैछ ।

दुबै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाईका लागि संघीय संसदको सुनुवाई समितिको बैठक दिउँसो २ बजेपछि बस्ने गरी बोलाइएको छ ।
संवैधानिक परिषदले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो ।

यसअघि अस्ती आइतबार बैठकका लागि कोरम नपुगेपछि समितिको बैठक आजका लागि सारिएको थियो ।  परिषदको गत माघ ६ गते बसेको बैठकले ५ वटा संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको थियो ।