नेपालद्वारा हङकङ चार विकेटले पराजित

फागुन, १२ काठमाडौ — अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा हङकङले दिएको ६३ रनको सामान्य लक्ष्यलाई नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको छ ।

नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो । राउण्ड रोबिनका आधारमा हुने उक्त छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट–२०१९ प्रतियोगितामा खेल्नेछ ।