ला लिगा फुटबलमा बार्सिलोनाको जित

फागुन, १२ काठमाडौ —स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले उपाधि यात्रा बलियो बनाएको छ । पछिल्लो खेलमा गएराती सेभियालाई ४–२ ले हराउँदै बार्सिलोनाले दोस्रोे स्थानको एट्लेटिको मड्रिडसंगको दुरी १० अंकमा पुर्याएको हो । पहिलो हाफमा २–१ ले पछि परेको अबस्था उल्टाउदै बार्साले जारी सिजन १७ औ जित हात पारेको हो । बार्साको जितमा लियोनल मेसीले ह्याट्रिक गरे । २६ औँ मिनेटमा पहिलो गोल गरेका मेसीले ६७ र ८५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । बार्साको लागी मेसीको यो ५० औँ ह्याट्रिक हो । अर्को गोल लुईस स्वरेजले गरे । २५ खेलबाट बार्साको ५७ अंक भएको छ ।