७७ हजार कर्मचारीमध्ये हालसम्म २३ हजार कर्मचारी समायोजन

फागुन, ९ काठमाडौ —सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरेको छ ।
मन्त्रालयका अनुशार सङ्घमा १७ हजार २७९, प्रदेशमा दुई हजार ४४८ र स्थानीय तहमा तीन हजार १९० कर्मचारी समायोजन भएका छन् । मन्त्रालयले सचिव, सहसचिवको समायोजन गरिसकेको छ भने उपसचिव, शाखा अधिकृत र अन्य कर्मचारीको समायोजन गरिरहेको छ ।