खुलेन मलेसिया रोजगार

फागुन, ९ काठमाडौ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि ९ महिना देखि बन्द रहेको मलेसिया रोजगार अझै खुलेको छैन ।
कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न नसकेको हो ।
कलिङ भिसा आएका साढे सात हजारभन्दा बढी कामदार रोकिएका छन् ।