सुनको मूल्य आज ६३ हजार तीन सय रुपियाँ

फागुन ८, काठमाडौं -यस हप्ताको चौँथो दिन आज बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

मंगलबार प्रतितोला ६२ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज छ सय रुपियाँले बढेर ६३ हजार तीन सय रुपियाँ भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६२ हजार चार सय रुपियाँमा कारोबार भईरहेको तेजाबी सुनको मूल्य पनि छ सय रुपियाँले बढेर प्रतितोला ६३ हजार रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी हिजो मंगलबार सात सय ८० रुपियाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज पाँच रुपियाँले बढेर प्रति तोला सात सय ८५ रुपियाँमा कारोबार भइरहेको छ ।