अख्तियारले थाल्यो पाठकमाथि अनुसन्धान

फागुन, ८ काठमाडौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख घुस काण्डमा मुछिएपछि राजीनामा दिएका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि विस्तृत अनुसन्धान थालेको छ ।

आयोगले सहसचिव नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरी अनुसन्धान सुरु गरेको हो अख्तियारका प्रवक्ता रामेश्वर दंगालले इमेलखवरलाई बताएका छन् ।

पाठकले गत शुक्रबार राजीनामा दिएका थिए । पाठकलाई बयानका लागि आयोगमा डाक्ने तयारी भइरहेको छ ।