योग्यता नपुगेका शिक्षकले पाँच वर्ष भित्र योग्यता पुर्याउनै पर्ने

फागुन, ८ काठमाडौ —विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ बर्ष्भित्र योग्यता पु¥याउनु पर्ने भएको छ ।
सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पुरा गर्नुपर्ने भएको छ ।

प्रस्तावमा वालविकास केन्द्र (इसिडी) र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पुरा गरे पुग्ने भएको छ । यो नियमको नेपाल शिक्षक महासंघले आपत्ती जनाएको छ । व्यवस्था लागु भए नमान्ने महासंघको भनाई रहेको छ ।