चेल्सीलाई हराउदै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलमा

फागुन ७, काठमाडौं – म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई २–० गोलले हराउदै क्वाटरफाइनलमा पुगेको छ ।

आइतबार राति भएको खेलमा । म्यान्चेस्टर युनाइटेडका तर्फबाट एन्डर हेरिरा र पाउल पोग्बाले गोल गर्दै गरपछि क्वाटरफाइनलमा पुगेको हो ।

म्यान्चेस्टर युनाइटेडले खेलको ३१औं मिनेटमा हेरिराले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अगाडी बढाएका थिए । ४५औं मिनेटमा पोग्बाले गोल पनि अर्काे गोल गरेपछि म्यान्चेस्टर युनाइटेड २–० गोलले अगाडी बढेको हो ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा पनि आफ्नो अग्रता कायमै राख्न सफल भयो ।