आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा आज नेपाल र मलेसिया भिड्दै

फागुन ७, काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपालले मलेसियासँग भिड्दै छ । सोमबारदेखि थाइल्यान्डमा सुरु भएको उक्त खेलमा नेपालले आज मलेसियासँग आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र मलेसियाबीच हुने खेल ८ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।

थाइल्यान्डको बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा हुने खेलमा नेपालले मलेसियालाई हराउने लक्ष्यमा छ ।  मलेसियाले भने आफ्नो पहिलो खेलमा सोमबार कुवेतलाई ६३ रनले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाललाई पनि पराजित गर्ने लक्ष्य मलेसियाको पनि छ ।

त्यस्तै, २१ तारिखमा हुने दोस्रो खेलमा आयोजक थाइल्यान्डसँग नेपालले प्रतिस्पर्धा गर्दै छ भने गर्ने २२ तारिख यूएई र २४ तारिख हङकङसँग पनि खेल खेल्नेछ ।
२५ तारिखमो नेपालले चीनसँग र २७ फेब्रुअरीमा अन्तिम खेलमा कुवेतसँग खेल्दैछ ।