प्रतिनिधि सभामा आज सांसदको प्रश्नमा चार मन्त्रीले जवाफ दिने

फागुन,  ६,  काठमाडौ  – प्रतिनिधि सभामा आज सांसदको प्रश्नमा चार मन्त्रीहरले जवाफ दिने भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ प्रश्नोत्तरमा सहभागि हुने कार्यसूची छ ।

सचिवालयले प्रतिनिधि सभाको नियमावली २०७५ को नियम ४१ बमोजिम सांसद मन्त्री प्रश्नोत्तरको कार्यसूची तय गरेको हो ।
यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा लोक सेवा आयोग विधेयक टेवल गर्ने कार्यसूची छ । यस्तै संघीय निजामति सेवा विधेयकमाथि सैद्धान्तिक छलफल हुँदा लेखा परिक्षण विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित हुने सचिवालयले जनाएको छ ।