कोटेश्वरको ट्राफिक जाम हटाउने विकल्पको खोजी, जापानी विज्ञहरुद्धारा अध्ययन सुरु

फागुन ५, काठमाडौं – कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङमार्गसहितको विकल्पमा अध्ययन सुरु गरिएको छ । काठमाडौंको कोटेश्वरमा हुने ट्राफिक जाम हटाउने विषयमा ७ जना जापानी विज्ञहरुको एक टोलीले अध्ययन सुरु गरेको हो ।

सडक विभागको पहलमा जापानी नियोग जाइकाको अनुदान सहयोगमार्फत अध्ययन सुरु गरिएको विभागको वैदेशिक समन्वय महाशाखाका प्रमुख केशव शर्माले जानकारी गराए ।

विज्ञहरुको टोलीले एक महिनामा कोटेश्वर क्षेत्रमा हुने ट्राफिक जामको सम्भावित विकल्प र सुझावसहितको प्रतिवेदन सडक विभागलाई बुझाउनेछ ।

‘तिनकुने–कोटेश्वर–जडिबुटी सडकखण्डमा अण्डरपास, फ्लाइओभर वा अरु उपयुक्त विकल्प के हुने भन्ने बारेमा अध्ययनबाट सुझाव आएपछि डीपीआर निर्माण गर्ने विभागको वैदेशिक समन्वय महाशाखाका प्रमुख शर्माले बताए ।

यस अघि अर्थमन्त्री युवराज खतिवडाको चालु आर्थिक वर्ष ०७५र७६ को बजेटमा पनि कोटेश्वरमा अण्डरपास निर्माण गर्ने कुरा उल्लखे थियो ।
सडक विस्तार गरिएको भएपनि अहिले कोटेश्वरबाट काठमाडौं छिर्दा घण्टौं जाम हुने गर्छ ।

यस अघि कलंकी चोक जामको अग्रपंत्तिमा पर्दथ्यो । अण्डरपास निर्माण भएलगत्तै कलंकी चोकको जाम कम भएको छ ।