यी हुन योग गर्नुका ५ फाइदाहरु

१. शरीरका अंगहरुमा लचकता ल्याउदछ ।

दैनिक योग अभ्याँसले शरीरका अंग र भागहरुमा लचकताको वृद्धि गर्छ । शरीरको हात, पाखुरा, काँध, खुट्टा र जोर्नीहरुको संरचनामा शक्ति र लचकता सिर्जना गर्छ ।

२. तनाव न्युनिकरण मा मद्धत गर्दछ ।

दैनिक योगको आसन, प्राणायम र ध्यानले मानिसको तनाव निवारण गर्नमात्र नभई मुटुको चाल सन्तुलित गर्छ । तनाव र अनिद्राबाट मुक्ति पाउने सबैभन्दा सजिलो उपायका रुपमा योगलाई लिइन्छ ।

३. तौल गिरावट हुन्छ

नियमित रुपमा गरिने योगले शरीरको मेटावोलिक प्रणालीमा बल प्रदान गर्छ जसले शरीरमा रहेको फ्याट घटाउन मद्दत गर्छ ।

४ तन्दुरुस्ती, दीर्घाय बनाउदछ ।

नियमित योग अभ्याँसले तन्दुरुस्ती बढाउन सहयोग गर्छ, मुटुको चाल सुन्तुलनमा ल्याउँछ, तनावको दर घटाउँछ र खुशी प्रदान गर्छ । यो सबै पक्षले मानिसको आयु वृद्धि हुन्छ ।

५ स्वासप्रश्वास राम्रो बनाउदछ

हरेक योग अभ्याँसमा श्वासप्रश्वासको गहिरो र शान्त प्रकृयाहरु हुन्छन् । यसले मानिसलाई आनन्दित र सुन्तुलित महसुश गराउँछ । यसले आत्वविश्वास र शान्त स्वभावको पनि बानी बसाल्छ भने फोक्सोलाई उर्जा र शक्तिले भर्छ ।