रुकुमको सिस्ने गाउँपालिकाद्धारा गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार

फागुन, ३ काठमाडौ —रुकुमको सिस्ने गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि गाउँपालिकाले यो निति ल्याएको हो ।

नुन र तेल उपहार पाउनका लागि एक गर्भवतीले कम्तीमा चार पटक अनिवार्य गर्भवती जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
रासस