प्रदेश ५ ले पहिलो स्थापना दिवस मनाउदै, आज ५ नं प्रदेशभरी सार्वजनिक विदा

फागुन३, रुपन्देही – प्रदेश ५ को सरकारले स्थापना कालको पहिलो दिवस मनाउदै छ । स्थापनाको पहिलो वार्षिकीको अवसरमा ५ नं प्रदेशभरी सार्वजनिक विदा दिईएको छ

यस अवसरमा बुटवलमा आज विशेष कार्यक्रमहरु गरिदैछ् । बिहानै आज बुटवलमा विभिन्न संस्कृति र सामाजिक सद्भाव सहितको झाँकी निकालिएको छ ।

बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको झाकी सहीतको र्याली बुटवल मण्डपमा पुगेर विशेष सभामा परिणत हुदैछ ।
सभामा प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि हिजो प्रदेशका ६ वटै मन्त्रीले विभिन्न जिल्लाको राजमार्ग सरसफाइ कार्यक्रम गरेका थिए ।