इतिहासमै नभएको काम एक बर्षमा भएको प्रधानमन्त्री ओलीको दाबी

फागुन २, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यो एक बर्षमा इतिहासमै नभएको काम भएको बादी गरेका छन् । प्रधानमन्त्री ओली आफ्नो नेतृत्वमा बनेको सरकारले एक वर्षमा ईतिहासमै कहिल्यै नभएको काम भएको दाबी गरेका हुन् ।

जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले ‘यो एक वर्षमा ऐतिहासिक र उपलब्धीमुलक काम भएको बताए ।सरकारले यो पहिलो वर्षलाई आधार वर्षको रुपमा लिएको बताउदै उनले अत्यन्तै मजबुत आधार बनाएकाले २र४ तले मात्र नभई हजार तले घर बनाए पनि थाम्न सक्ने बताए ।

 ‘यो गतिशील ठाउँमा पैसा लगानी गर्ने बेला हो, यो अर्को ऐतिहासिक कार्य हो’ , कार्यक्रममा प्रधानमन्त्री ओलीले भने । ‘देशमा हामी रोजगारका अवसरहरू सृजना गर्छौँ। बेरोजगारलाई जीवन निर्वाह भत्ता पनि दिन्छौँ’, उनले भने, ‘खल्तीमा पैसा नहुने नेपाली हुँदैनन्। पैसा हुँदै भएन भने पनि सरकारले दिन्छ।’

प्रधामन्त्रीले हिजै मात्र प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेका छन् । यसअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पनि घोषणा भईसकेको छ । प्रधानमन्त्रीको पहलमा आजैमात्र पानीजहाजको कार्यलय स्थापना गरिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा  राष्ट्रिय सभा गृहमा आज भएको कार्यक्रममा ‘नेपालीको पानी जनताको लगानी : हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नारा तय गरिएको छ।