हिरो वुमन्स गोल्डकप फुटबलमा आज नेपालले इरानसंग भिड्दै

फागुन १, काठमाडौं – हिरो वुमन्स गोल्डकप फुटबलमा आज नेपालले इरानसंग भिड्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भईरहेको खेलमा नेपालले ईरानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले राउण्ड रोविनको अन्तिम खेलमा इरानसँग भिड्दा नेपालले जित्न सके फाइनलमा पुग्ने सम्भावना बढी छ । त्यसैगरी बराबरीे सम्म भएपनि फाइनलमा पुग्ने सम्भावना रहन्छ । तर राउण्ड रोविनको अन्तिम खेलमा भारत म्यानमारसँग हार्नुपर्र्ने हुन्छ । खेल दिउँसो चार बजे हुनेछ।

पहिलो खेलमा म्यानमारसँग पराजित भएपनि दोस्रो खेलमा भारतलाई २–१ गोलअन्तरले पराजित गरेको नेपालको मनोबल उच्च रहेको छ । यता इरान भने यसअघिका दुवै खेलमा पराजित भई वाहिरिईसकेको छ ।

नेपाल अहिले तेस्रो स्थानमा परेको छ । दुवै खेलमा जीत हासिल गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको भारत दोस्रो स्थानमा छ । पहिलो र दोस्रो हुने टिम फाइनलमा प्रवेश गर्नेछन् । भारत र म्यानमारबीचको खेल पनि आजै हुदैछ ।