३ वटा बच्चा जन्माउनेको २६ लाख ऋण मिनाहा, ४ वटा वच्चा जन्माउने महिलाको आयकर छुट

माघ २९, काठमाडौं – विश्वका अधिकाँश देशमा जनसंख्या नियन्त्रणको प्रयास भईरहदाँ हंगेरीमा ४ वटा सम्म वच्चा जन्माउन प्रोत्साहन गरिएको छ ।

हंगरीले तीनटा बच्चा जन्माउनेको २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने घोषणा गरेको हो ।

आप्रवासी जनताको परनिर्भरता घटाउन र देशको भविष्य जोगाउन भन्दै हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।

हंगेरीको जनसंख्या हरेक वर्ष ३२ हजारको दरले घटेको छ र युरोपेली संघको तुलनामा यहाँका महिलाहरुको बच्चाको औसत संख्या कम छ ।

यसैविच हंगेरीका प्रधानमन्धीको घोषणा तथा नीतिको विरोध गर्दै राजधानी बुडापेस्टमा कार्यालय अगाडि करिब दुई हजार प्रदर्शनकारी भेला भई घोषणा फिर्ता लिन माग गरिरहेका थिए ।

हंगेरीका प्रधानमन्धीले आगामी तीन वर्षमा २१ हजारभन्दा बढी शिशु कक्षा स्थापना गर्ने, स्वास्थ्य क्षेत्रमा थप २.५ अर्ब डलर खर्च गर्ने, सात सिट क्षमताको गाडी किन्नेहरुलाई सरकारले सहयोग गर्ने, घर बनाउन अनुदान दिइने लगायतका घोषणा पनि गरेका छन् ।