स्थायी परीक्षा गर्न अस्थायी शिक्षकको माग

माघ, २६ काठमाडौं – अस्थायी र करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । समितिले शनिबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरि उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

अस्थायीरकरार शिक्षकहरुले माग पुरा नभए आगामी २९ गते देखि मुलुकभरका विद्यालयबाट शिक्षकहरुलाई राजधानी झिकाई दबाबमुलक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संघर्ष समितिले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आगामी फागुन २ गते सत्तारुढ दल नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।