राजदुत नियुक्ति अव संविधानको मर्म अनुसार समावेशी ढंगले गरिने

माघ २४, काठमाडौं — राजदुत नियुत्तिको विषय अब संविधानको मर्म अनुसार समावेशी ढंगले हुने भएको छ । बिहीबारको संसदीय सुनुवाइ विशेष समितिमा विगतका राजदूत नियुक्ति समावेशी नभएको भन्दै अब संविधानको मर्म अनुसार समावेशी ढंगले गरिने छलफल भएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको मर्मअनुसार राजदूत नियुक्तिलाई समावेशी बनाउने बताए । मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयले अरु देशहरुसँगको सम्बन्ध र अपेक्षाको विषयमा अध्ययन गरेर प्रोफाइल बनाइरहेको जानकारी दिए ।

संसदीय समितिमा मन्त्री ज्ञवालीले ५ वटा देशमा नेपालको राजदूत खाली रहेको पनि जानकारी गराए । अहिले २८ वटा देश तथा नियोगमा नेपाली राजदूतहरु रहेका छन् । तर बंगलादेश, स्पेन, दक्षिण कोरिया, दक्षिण अफ्रिकासहित ५ वटा देशमा राजदूतको पद खाली रहेको छ ।