स्ववियु निर्वाचन अनिश्चित, बिद्यार्थी संगठन बिच आरोप प्रत्यारोप

माघ, २४ काठमाडौँ — आगामी फागुन १४ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्योलमा रहेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनको एकतामा ढिलाइ हुनु र काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घ पनि विवादमा गाँजिएकाले फागुन १४ मा हुने भनिएको स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।
सत्तापक्ष र प्रतिपक्षका विद्यार्थी सङ्गठनहरू आरोप प्रत्यारोप गरिरहेका छन् । अहिलेसम्म बिघार्थीहरुको गतीबिधी नियाल्दा निर्वाचन नहुने लगभग निश्चित भएको छ ।