अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयविरुद्ध एक महत्वपूर्ण प्रस्ताव पारित

माघ२३, काठमाडौ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक निर्णयविरुद्ध एक महत्वपूर्ण प्रस्ताव पारित भएको छ ।

सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेटले भारी बहुमतबाट एक महत्वपूर्ण प्रस्ताव पारित गरेको हो ।

ट्रम्पको आफ्नै पार्टी रिपब्लिकन सांसदहरुले समेत यो प्रस्तावको पक्षमा भोट गरे । यसलाई पार्टीभित्रको गम्भीर विवादका बारेमा लिइएको विदेशी समाचार एजेन्सीहरुले जनाएका छन् ।

गत डिसेम्बरमा ट्रम्पले ट्वीट गर्दै सिरियाबाट २ हजार अमेरिकी सैनिक फिर्ता बोलाउने भनेका थिए । ट्रम्पले सिरियामा अमेरिकी सैनिक राख्न नपर्ने अभिव्यत्ति सार्वजनिक गरेका थिए ।

तर रिपब्लिकन नेता मिच म्याकनेलले अझै ‘सिरिया र अफगानिस्तानमा अल कायदा, आईएसआईएस र तिनीहरुसँग सम्बद्ध संगठन अमेरिकाका लागि गम्भीर खतरा भएको तथ्य सहित सिनेटमा प्रस्ताव पेश गरेका थिए ।

भारी बहुमतबाट पारित भएको प्रस्तावको पक्षमा ७० र विपक्षमा २६ मत खसेको थियो ।