अजयको “एलौरिङ डिभाइन” प्रदर्शनीमा

माघ, २२ काठमाडौ — करिब दुई दशकदेखि चित्रकलामा सक्रिय हुदै आएका चित्रकार अजय देशारको एकल चित्रकला प्रदर्शनी “एलौरिङ डिभाइन” प्रदर्शनीमा आएको छ । पाटन संग्राहलय तथा योङ पिकासोद्धारा संयुक्त रुपमा आयोजित उक्त प्रदर्शनीको एक कार्यक्रम विच पाटन संग्राहलयमा उद्घाटन भएको हो ।

प्रदेश ३ का सांसद चेतनाथ सञ्जेल, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, पर्यटन बोर्डका बोर्ड सदस्य कृष्ण अर्याल तथा पाटन संग्राहलयका कार्यकारी प्रमुख सन्दिप खनालले क्यानभासमा चित्र कोरी प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

संस्कृतिसँग सम्बन्धित हालसम्म चित्रमा नउतारिएका विषयलाई चित्रकार देशारले आफ्ना चित्रको मुख्य विषयबस्तु बनाएको बताएका छन् । आगामी फागुन ५ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा २० वटा चित्रहरु राखिएका छन् । देशारको यो आठौ एकल चित्रकला प्रर्दशनी हो ।