माघ १८ गते तपाईको आज (राशिफल)

 

 

जोतिषचार्य शिवराज रेग्मी 

 

मेष राशिको लागि पारिवारिक सम्बन्धमा समस्या आउँनेछ । साथीभाईसँगको सहयोग पाउँनलाई गाह्रो हुनेछ ।

वृष राशिको लागि गरेका काममा ढिला सुस्ती हुनेछ । अनावश्यक कुरामा बढि ध्यान जाला मन चिन्तित रहन सक्छ ।

मिथुन राशिको लागि रोजगारीमा पदोन्नती हुनेछ । वैदेशिक क्षेत्रबाट सहयोग मिल्नेछ । प्रेमसम्बन्ध प्रगाण बन्दै जानेछ ।

कर्कट राशिका लागि विशिष्ट व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । न्याय प्राप्त हुनेछ । मानसम्मान प्राप्त हुनेछ ।

सिंह राशिका लागि काममा सफलता पाउँनलाई बढि परिश्रम गनुपर्नेछ । स्वास्थ्यमा प्रतिकुल समय छ खानपानमा सजक रहनु होला ।

कन्या राशिका लागि अरुको लागि समय खर्च हुनेछ । अनावश्यक झमेलामा फस्न सकिन्छ । प्रेममा धोका होला ।

तुला राशिका लागि प्रेमसम्बन्धको कारण मन खुशी हुनेछ । अध्ययनमा रुचि बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ ।

वृश्चिक राशिका लागि जग्गा जमिनको कारणले पारिवारिक सम्बन्धमा समस्या बढ्नेछ । व्यापारमा घाटा होला । आखाँमा सकस्या हुनेछ ।

धनु राशिका लागि बौद्धिकतामा निखार आउँनेछ । साहित्य कला तथा रचनात्मक काममा रुचि बढ्नेछ । धार्मीक क्षेत्रको भ्रमण हुनेछ ।

मकर राशिका लागि मन चिन्तित रहनेछ । काममा मन नजाने देखिन्छ । रोजगारीका अवसरहरु गुम्नसक्छ ।

कुम्भ राशिका लागि लामो समयसम्म रोकिएको धन हात पर्नेछ । भाग्यले राम्रो साथ दिने देखिन्छ । महिला मित्रको सहयोग प्राप्त होला ।

मीन राशिका लागि भोजभतेरमा सहभागी भैएला । घरमा नयाँ मान्छेको आगमन हुनेछ । अध्ययन क्षेत्रमा सफलता हासिल हुनेछ ।

यसदिनमा बिहान १० .३० देखि १२ बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।