सरकारले गर्यो कांग्रेसको माग सम्बोधन, नेताका नामका दुबै अस्पताल केन्द्र मातहतमा

माघ, १५ काठमाडौ —सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन गर्दै थप दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहतमा राख्ने निर्णय गरेको हो ।