दन्द्वकालमा मारिएका २८ सय ७ सुरक्षाकर्मी बने सहिद

माघ, १५ काठमाडौं सरकारले द्वन्द्वकालमा क्रममा मारिएका २८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गरेको हो ।

मंगलबार सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २८ सय ७ जनालाई सहिद घोषणा गरेको जानकारी गराएका हुन् ।