टिपरको ठक्करले बालिकाको मुत्यु पछि मोरङको विराटचोकमा कर्फ्यु

माघ, १४ काठमाडौ —टिपरको ठक्करले ११ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु भएपछि मोरङको विराटचोकमा कर्फ्यु लगाइएको छ ।
निर्माण सामाग्री बोकेको ना ३३ ख ३३५५ नम्बरको टिपरको ठक्करले सुन्दर हरैँचा नगरपालिका ११ की लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित स्थानीयवासीले ठक्कर दिने टिपरसहित ७ वटालाई आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो ।
कर्फ्यु भएपनि आक्रोसित समुह बालिकाको शव सडकमै राखेर धर्नामा बसेका छन ।