कांग्रेसको अवरोध पछि राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित

माघ, १४ काठमाडौँ – राष्ट्रियसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध पछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
कांग्रेस सांसदहरुले बैठकमा उभिएर अवरोध गरेपछि बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ’राष्ट्रियसभामा आज पेस हुने कार्यसूची छ ।