मिस्टर एन्ड मिस टिन शेर्पाको उपाधि तेन्जिङ र मिङ्मालाई

माघ, १२ काठमाडौ — मस्टर एन्ड मिस टिन शेर्पा–२०१९ को उपाधि तेन्जिङ क्षिरिङ शेर्पा तथा मिङ्मा ल्हामु शेर्पाले जितेका छन् । प्रतियोगितामा तेन्जिङले फ्रेन्डसिप एवार्ड पनि प्राप्त गरे भने मिङ्माले पङ्चुयालिटी र मल्टिमिडिया एवार्ड जित्न सफल भइन् । प्रतियोगिता गौतम बुद्ध फिल्म्सको ब्यानरमा सम्पन्न भएको हो ।