उत्तेजित नभई देशको बारेमा सोच्न प्रधानमन्त्रीको आग्रह

माघ, १२ काठमाडौ —विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर स्वदेश फर्केका प्रधानमन्त्री केपी ओलीले आवेश र उत्तेजनामा नआई सबैलाई देशको हितमा सोच्नु आग्रह गरेका छन् ।

विमानस्थलमा सञ्चारकर्मीले डा. गोबिन्द केसीको माग र चिकित्सा विधेयक विषयमा प्रश्न उनले आवेश र उत्तेजनामा नआउन सुझाएका हुन ।
संसदमा विपक्षी दलको विरोधका वावजुत विधेयक पारित भएको विषयमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा यस्तो हुनु स्वाभाविक हुने भन्दै उधुम विषय नभएको प्रतिक्रिया दिए ।