त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसको उप–प्राध्यापक पदका लागि दखास्त आह्वान

माघ १०, काठमाडौं — त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायहरु अन्तरगतका विभिन्न क्याम्पसहरूका लागि उप–प्राध्यापकको स्थायी पद पुर्तिका लागि दखास्त आह्वान गरिएको छ ।

उक्त पदपुर्तिका लागि खुल्ला र समावेशी प्रतियोगिताद्वारा स्थायी पद पूर्ति गरिने भएकाले योग्य नेपाली नागरिकहरूले यही मिति २०७५/१०/११ गते दिनको २ वजे सम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी २०७५/१०/१८ गते दिनको २ वजे सम्म त्रिभुवन विश्वविद्यालयको. सेवा आयोगको कार्यालय, कीर्तिपुरमा आई पुग्ने गरी २(२ प्रति दरखास्त सहित दोव्वर दस्तुर तिरेर पनि आवेदन दिन सकिन्छ । त्रि. वि. सेवा आयोगको कार्यालय कीर्तिपुरवाट रु. ५००।– तिरेर आवेदन फाराम प्राप्त गर्न सकिने छ ।

साथै सबै प्रक्रिया पुरा गरिसकेपछि आवेदन फारम सहित ने.वै.लि कीर्तिपुर स्थित त्रि. वि को. आम्दानी खाता नं.०४५००१००१०२७६२०००००१ मा आवेदन दस्तुर जम्मा गरेको सक्कल भउचर र निम्न लिखित कागजातहरूको २÷२ प्रति प्रमाणित प्रतिलिपिहरू पेश गर्नु पर्नेछ ।