काठमाडौं सहित देशका विभिन्न भागमा पानी पर्यो, उपत्यकामा जाडो वढ्दै,

पुस ९, काठमाडौं -रातिदखि देश विभिन्न भागमा हल्का पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भएको हो । काठमाडौं उपत्यकामा बुधबार विहान ५.५ मिलिलिटर वर्षा भएको छ ।

पश्चिमी वायुको प्रभावले गएरातिदेखि पश्चिम क्षेत्रदेखि देशका मध्य तथा पूर्वी भागसम्म पानी परिरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पर्ने क्रम आज रातिसम्म रहीरहहने मौसमविद्हरुको अनुमान छ । गए रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने मौसमविद् की मौसमविद् गंगा नगरकोटीले बताइन् ।

पानी परेकाका कारण अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने देखिएको छ । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए काठमाडौको तापक्रम शून्यभन्दा तल नझर्ने मौसमविदको अनुमान छ ।