तान्जानीयाको पानी जहाजमा आगलागी हुँदा ११ जनाको मृत्यू

माघ ८, काठमाडौं — तान्जानीयाको पानी जहाजमा भएको आगलागीमा परी ११ जनाले ज्यान गुमाएका छन् । एउटा जहाजबाट अर्को जहाजमा इन्धन खन्याइरहेको बेला ग्यास ट्यांकरमा आगो लागेपछि विष्फोट भइ र अर्को पानी जहाजमा पनि आगलागी भएको हो ।

आगलागी क्रिमिया नजिक ब्ल्याक सीमा मालबाहक पानीजहाजमा  भएको  बीबीसीले जनाएको छ । आगलागी भएपछि समुद्रमा हाम फालेका जहाजका मान्छेहरुलाई रुसी उद्धारकर्ताहरुले १४ जनालाई उद्धार गरेका छन् । उद्धारको काम भईरहेको छ । उद्धार टोली आगो लागेको पानी जहाजसम्म जाँदै छन् ।

एएफपी समाचार एजेन्सीका अनुसार दुई जना क्याप्टेनमध्ये एक जना वेपत्ता छन् । जहाजमा क्रु मेम्बरसहित टर्की र भारतका गरी १७ जना थिए ।