प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पेस हुँदै

माघ, ७ काठमाडौ —प्रतिनिधिसभाको आज बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस हुँदैछ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गर्ने कार्यसूची छ । बैठक मध्यान्ह १२ बजेपछि बस्ने गरी बोलाइएको छ ।

सरकारले जबर्जस्ती बिधेयक पेश गर्ने भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले बिरोध गर्ने भएको छ । प्रतिपक्षी कांग्रेस भने विधेयक जस्ताको जस्तै पारित गर्न खोजिए संसद् बैठक अवरोध गर्ने तयारीमा छ ।

गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै कांगे्रसले आजको संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

विधेयकमा सरकारले आफूसँग गरेको सहमती नसमेटिएको भन्दै प्रध्यापक डाक्टर गोविन्द केसी १३ दिनदेखि आमरण अनसनमा छन्। १५औं अनशनमा सरकार र डा.केसीबीच भएको सम्झौता हुबहु लागू गर्नुपर्ने केसीको मागमा कांग्रेसले समर्थन जनाएको छ ।