केसीको माग गर्न सरकारलाई आवासीय चिकित्सकको अपिल

 

माघ, ६ काठमाडौ —राष्ट्रिय आवासीय चिकित्सक संघले अनसनरत डाक्टर गोविन्द केसीले राखेका मागमा ऐक्यवद्धता जनाएको छ ।

संघले पहिले भएका सहमतिअनुरूप चिकित्सा शिक्षा ऐन पारित गर्न र सत्याग्रहीको मागप्रति गम्भीर भई उनको जीवन रक्षा गर्न पनि अपिल गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य क्षेत्रमा कार्यरत पेसागत स्वास्थ्यकर्मी तथा आमनेपालीको स्वास्थ्य सेवा पहुँचलाई मध्यनजर गर्दै दुर्गमसम्म सेवा पुगोस् भन्ने आसयसहित गरिएको सत्याग्रहमा ऐक्यवद्धता जाहेर गरेको उल्लेख गरेको छ।