बार्सिलोना ४–२ गोलका अन्तरले विजयी : क्वाटरफाइनलमा प्रवेश

माघ ४,काठमाडौ —स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा बार्सिलोनाले ईन्ट्री मारेको छ ।
विहिबारको दोस्रो खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले हराउदै समग्रमा ४–२ गोलको अन्तरमा विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस अघिको पहिलो खेलमा बार्सिलोनाले २–१ गोलको अन्तरले पराजित भएको थियो । औस्माने डेम्बेलेले दुई गोल गर्दै बार्सिलोनाको जिताउदै गर्दा कप्तान लियोनल मेस्सीले एक गोल गरेका थिए ।

खेलको ३०औं मिनेटमा डेम्बेलेले गोल गरेका थिए । त्यसको एक मिनेट नहुदै डेम्बेलेले अर्काे गोल गर्दै बार्सिलोनालाई अगाडी बढाएका थिए ।

पहिलो हाफमै २ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा अर्काे एक गोल गरेको थियो । त्यसपछि ५४औं मिनेटमा कप्तान मेस्सीले अर्काे गोल गरेपछि बार्सिलोनाका ४–२ गोलका अन्तरमा विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेको हो ।