वुमन्स टी ट्वेन्टी क्रिकेट — थाइल्यान्डलाइ नौ विकेटले पराजित गर्दे नेपाल समूह विजेता

माघ, ३ काठमाडौ —नेपाल थाइल्यान्डमा जारी वुमन्स टी(ट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगितामा समूह ‘ए’को विजेता टोली बनेको छ । बुधबार भएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा आयोजक थाइल्यान्डको ‘ए’ टोलीलाई नौ विकेटको भारी अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।
नेपालले अब फाइनल प्रवेशका लागि शुक्रबार हुने सेमिफाइनल खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
तस्वीर— फाइल