चीनले पहिलो पटक चन्द्रमामा विरुवा उमारेर देखायो : अब चन्द्रमामा पनि जीबन सम्भव

माघ २ , काठमाडौं –संसार विचित्रको छ । अन्तरिक्ष चर्चाको चमत्कारिक पक्ष र विकासका उपलव्धि वेला वेलामा सुन्नमा पाउँछौं । चाहे मंगल ग्रहमा बस्ती वसाल्ने चर्चा होस, चाहे चन्द्रमा विरुवा उमार्ने कुरा । विज्ञान र प्रविधीले चमत्कारिक रुपमा नयाँ र नौलो कुराको अविस्कार गरिरहेको छ । 

चिनियाँ यान चन्द्रमाको नदेखिएको ठाउमा अवतरण गरेको चर्चा सेलाउन नपाउदै, चीनले फेरी चन्द्रमामा विरुवा उमारेर देखाएको छ । यस्ले चन्द्रमामा जीवन सम्भव छ, बस्ती वसाल्न सकिन्छ भन्ने प्रमाण पेश हुदै गएको छ । अहिले अन्तराष्ट्रिय मिडियाहरुको चर्चाको विषय नै यही बनिरहेको छ । कुनै दिन यस्तो आउछ कि चन्द्रमा लगायत मंगल ग्रहमा मानव बस्ती वसाल्ने क्रम सुरु भयो ।

सन २०१७ को सेप्टेम्बरमा आगामी वर्षको सुरुमा मंगल ग्रहमा अन्तरिक्ष सवारी पठाउने भनेर टेस्ला र स्पेस एक्सका संस्थापक इलोन मस्कले घोषणा गरेका थिए । अनि २०२२ सम्ममा लाल ग्रहमा कार्गो मिसन पठाउने र अन्तिम उद्देश्य थियो, मंगल ग्रहमा मानव वस्ती वसाल्नका लागि पहिला त्यहाँ बीउ रोप्ने ।

त्यसको झण्डै दुई वर्ष पछि, चीनले भुगोलको अनुसन्धान गर्ने गरी उपकरणहरू सहितको चिनियाँ अन्तरिक्षयान गत पुष १९ गते अर्थात जनवरी ३मा चन्द्रमाको नदेखिएको ठाउमा अवतरण गराएको थियो । सोही वेला चन्द्रमाको वातावरणमा रोपिएको कपासको विउ टुसाएको फोटो, अहिले चिनियाँ मिडियाहरूले सार्वजनिक गरिरहेका छन् । यसलाई चाइनाडेलीले ’चन्द्रमामा मानिसले गरेको पहिलो जैविक प्रयोग’ भनेको छ । चाइनाडेलीमा उल्लेख छ, कपासको बिउ रोप्ने योजना चीनको मुन मिसनको एउटा भाग हो ।

त्यसैगरी यो चिनियाँ यान चन्द्रमामा भएको अवतरण पनि अन्तरिक्षको खोजमा महत्वपूर्ण कदम भएको चिनियाँ मिडियाहरूले लेखेका छन् । यसअघिसम्म चन्द्रमाको वल्लो भागमा मात्र अन्तरिक्ष यानहरू पठाइएको थियो भने पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भाग (दक्षिणी ध्रुव) मा अन्तरिक्षयान ल्यान्ड गरेको पहिलोपटक हो ।

त्यतिखेर चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्षयानले कपास र आलुको बीउ सहितको माटो, मर्चा र झिंगाको अण्डाजस्तो वस्तु लिएर गएको बीबीसीले जनाएको छ । बीबीसीले चन्द्रमामा ल्यान्ड गरेको अन्तरिक्ष यानमा कपासको बिउलाई बाहिरबाट केही पनि पस्न नसक्ने गरी बन्द गरिएको सिसाको भाँडोमा राखिएको छ । यसको परिक्षण सिलिन्डर आकारको भाँडोमा गरिएको थियो । चीनले यसरी चन्द्रमामा विउ र विरुवा रोपेको हो ।

यस अघि अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पनि बोटबिरुवाहरू उमार्ने काम गरिएको थियो । तर चन्द्रमामा नियन्त्रित वातावरणमा बिरुवा उमारिएको भने यो पनि पहिलो पटक हो ।