स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जीत

पुस३०, काठमाडौं – लिग लिडर बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा विजयी भएको छ । बार्सिलोनाले इल्बारलाई हराउदै विजयी भएको हो ।

आइतबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले इल्बारलाई ३–० गोलअन्तरले हराएको हो । लुइस स्वारेजले दुई गोल र कप्तान लियोनल मेस्सीले एक गोल गरी बार्सिलोनालाई जिताएका हुन् । मेस्सीले ला लिगामा इल्बारलाई पराजित गर्ने क्रममा चार सय गोल पूरा गरेका छन् ।

खेलको १९औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले गरेको बार्सिलोनाले इल्बारको पोष्टमा दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ५३औं मिनेटमा गोल गरेपछि मेस्सीले दोब्बर अगाडी भएको थियो ।

५९औं मिनेटमा स्वारेजले फेरी गोल गरेपछि बार्सिलोनाले इल्बारलाई ३–० गोलका अन्तरले हराएको हो । जीतपछि बार्सिलोना १९ खेलबाट ४३ अंकमा पुगेको छ भने इल्बार बराबरी खेलबाट २२ अंकमा पुगी लिगको १६औं स्थानमा परेको छ ।