धादिङमा बस दुर्घटना, ३१ घाइते

पुस २९, धादिङ – काठमाडौँबाट बर्दिया गईरहेको बस धादिङको हुग्दीपुलनिर दुर्घटना हुदाँ ३१ जना घाइृते भएका छन् । ४१ जना सवारी बोकेको बा२ख ४६८३ नम्बरको बस बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटनामा परेको हो ।

हुग्दि पूलको मोडमा बसको अधिक्तम गति नियन्त्रण हुन नसकी बस सडकै पल्टिन पुुगेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी गराएको छ । घाइतेको बजारवासीको सहयोगमा प्रहरीले उद्धार पछि राजमार्ग सामुदायिक अस्पताल मलेखु, र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराईएको छ ।

घाईते एक जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ल्याईएको प्रहरीको भनाइ छ ।