मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंको राजगद्दी त्याग

पुष २२, क्वालालम्पुर – मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको बताइएको छ ।

मलेसियन राजा विदा वसेको अडकल गरिरहेका बेला राजाले गद्दी त्याग गरेको राजप्रासाद कार्यालयका अधिकारीहरुले बताएको हो ।

उनले जनवरी ६ तारिखदेखी लागु हुनेगरी राजत्याग गरेका हुन् । उनी राजगद्दी त्याग गर्ने १५औं राजा हुन् । सन् १९५७ पछि राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । ४९ वर्षीय राजा सुल्तानले राजगद्दी त्याग्नुको कुनै कारण खुलेको छैन ।

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी समालेका थिए । गएको नोभेम्बर महिनामा औषधि उपचारका लागि भन्दै लामो विदामा बसेका थिए । विदा बसेको केही समयदेखी नै मलेसियन राजाले रुसकी पूर्व सुन्दरीसित विवाह गरेको हुनसक्ने अडकल पनि गरिएको थियो ।

मलेसियाको संवैधानिक राजतन्त्रात्मक व्यवस्था अनुसार मलेसियाका नौ वटा राज्यबाट प्रत्यके पाँचवर्षमा पालैपालो नयाँ राजा हुने चलन छ ।