प्रतिनिधि सभाको अर्को बैठक २५ गते बस्ने

पुुष, २२ काठमाडौ —प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधपछि स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक पुस २५ गते बस्ने भएको छ ।
संसद सचिवालयले सूचना टाँस गर्दै २५ गते दिनको १ बजेलाई बैठक बोलाएको हो ।
संसदमा आइतबार प्रधानमन्त्री केपी ओलीको सम्बोधनका क्रममा नेपाली कांग्रेसले प्रश्नोत्तर गर्न नपाएको भन्दै होहल्ला भएपछि बैठक स्थगित भएको थियो ।