नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि डेढ अर्व लगानी गर्ने

 

पुष, २० काठमाडौ —  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि १ अर्ब ४८ करोड ३५ लाख लगानी गर्ने भएको छ । राष्ट्र बैंकले मुद्दती खातामा निक्षेप लगानी गर्न यही पुष २२ गतेभित्र प्रस्ताब हाल्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो ।

त्यसपछि बाणिज्य बैंकहरुले एक अर्ब १८ करोड ६८ लाख रुपैयाँ निक्षेप पाउनेछन् । त्यसैगरी विकास बैंकहरुले २२ करोड २५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुले ७ करोड ४२ लाख रुपैयाँ निक्षेप पाउने राष्ट्र बैंकको प्रस्तावमा उल्लेख छ । राष्ट्र बैंकले करिव एक वर्षक लागि निक्षेप दिन लागेको हो ।

राष्ट्र बैंकको पैसा लिनका लागि २ बर्ष पुरा भएको, खराव कर्जा ५ प्रतिशत तल भएका, तोकिएको पूँजी कोष अनुपात पुरा गरेका बैंक तथा वित्तिय संस्थाहरुले मात्र प्रस्ताव हाल्न पाउने छन् ।