बैदेशिक रोजगारमा जाने कामदारको फ्रि भिसा र टिकेट लागु गर्न सर्बोच्चको आदेश

पुुष, १८ काठमाडौ —सर्बोच्च अदालतले खाडी मुलुक जाने कामदारको हकमा लागू भएको निःशुल्क भिसा र टिकेट टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न सरकारलाइ आदेश जारी गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले २०७३ सालमा नेपाली कामदारहरुको भिसा तथा टिकटको रकम रोजगारदाताले नै व्यहोर्नु पर्ने व्यवस्था गर्नु पर्ने निर्णय गरेको थियो ।

सोमबार अन्तिम सुनुवाइ गर्दै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र केदारप्रसाद चालिसको संयुक्त इजलासले सरकारको निर्णयअनुसारको व्यवस्था कार्यान्वयन गर्नू र आवश्यक कानुन निर्माण गर्नू भनी निर्देशनात्मक आदेश जारी गरेको छ ।