डा. गोविन्द केसी १६औंं पटक अनशन बस्ने तयारीमा

पुस १८, ईलाम — वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी अनसनका लागि ईलाम पुगेका छन् । डा.केसी चिकित्सा शिक्षा विधेयक संधोधनको माग पूरा नभएपछि १६औंं पटक अनशन बस्ने तयारी गर्दै इलाम पुगेका हुन् ।

यसअघि १५ औ पटक जुुम्लामा अनसन बसेका डा. केसीलाई काठमाडौंमा झिकाइ गत साउन १० गते चिकित्सा शिक्षा विधेयक संशोधन गर्ने सहमति भएको थियो ।

संसदीय समितिले केही समय पर्खन भनेपछि सहमती यही पुस १७ गते सम्ममा पूरा गर्ने अल्टिमेटम थियो । माग पूरा नभएको भन्दै १६औं पटक अनशन बस्ने चेतावनी दिएका डा.केसी ईलाम पुगेका हुन् ।

यही पुुष२० गते प्रधानमन्त्री केपी शर्मा ओली पुर्वी नेपालको पाँचथर र अर्काेदिन इलाममा नागरिक अभिनन्दनका लागि पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री त्यही पुग्ने कार्यक्रम रहेको हुँदा डा.केसी पनि इलाममै अनशन बस्ने तयारी गरेको अनुमान छ ।